नियम ११
हस्ताक्षरयुक्त निवेदनको सम्पुष्टी (भेरिफिकेशन)

(१) आयोगले नियम १० बमोजिम पेश भएको मतदाताहरूको समर्थन सहितको हस्ताक्षरयुक्त निवदेन साथ संलग्न विवरण सम्पुष्टी गर्ने सिलसिलामा त्यस्ता मतदाताहरूको नाम समावेश भएको मतदाता नामावलीमा रहेको विवरणसँग आयोगले भिडाई जाँच गर्न सक्नेछ ।
(२) मतदाता नामावलीमा संलग्न विवरण र नियम १० बमोजिम पेश भएको निवेदन साथ संलग्न विवरणको सम्पुष्टी गर्दा हस्ताक्षरयुक्त निवेदनमा संलग्न मतदाताहरूका सम्बन्धमा आयोग विश्वस्त भएमा त्यस्तो समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन साथ संलग्न विवरणलाई आयोगले मान्यता दिनेछ ।
(३) कुनै राजनैतिक दलले नियम १० बमोजिम आयोग समक्ष पेश गरेको मतदाताहरूको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन साथ संलग्न विवरणलाई आयोगले यस नियम बमोजिम सम्पुष्टी गर्दा त्यस्तो विवरणमा कुनै कमी, त्रुटी रहन गई अपूरो हुन गएको पाएमा त्यस्तो विवरण सच्याई वा पूरा गरी ल्याउन सम्बन्धित राजनैतिक दललाई बढीमा सात दिनसम्मको समय दिन सक्नेछ । यसरी दिइएको म्याद भित्र त्यस्तो विवरण सच्याई वा पूरा गरी ल्याएमा आयोगले त्यस्तो विवरणलाई निर्वाचनको निमित्त दल दर्ता गर्ने प्रयोजनको लागि मान्यता दिनेछ । सो म्याद भित्र विवरण सच्याई वा पूरा गरी आयोग समक्ष विवरण पेश नगर्ने राजनैतिक दललाई दर्ता गरिने छैन ।